भव - व्याधि भागोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

राधा ! तिमी हृदय मा गर वास नित्य
तिम्रो बनूँ अब म किङ्कर दास भक्त
बस्छ्यौ कहाँ ? गगन मा ? कि वसुन्धरा मा ?
या कृष्ण का हृदय - मन्दिर - अन्तरा मा ?
 
प्यासी छ यो हृदय चातक झैँ विचित्र
गर्दैछ छट्पट निरन्तर भित्र - भित्र
राधा ! तिमी बन घटा अनि छाइदेऊ
यो चित्त मा जल बनीकन आइदेऊ
 
यो भृङ्ग ती चरण को रस - राग खोज्छ
तिम्रो सधैं मधुर भक्ति - पराग खोज्छ
देऊ न है ! शरण धन्य बनाइदेऊ
आफ्नो अनुग्रह अपार खन्याइदेऊ
 
हे स्वामिनी ! विषय ले म छु थिच्चिएको
संसार - रोग - भय ले म छु मिच्चिएको
सम्हाल है ! म खल - चञ्चल छुन्मुने छु
तिम्रा दुवै चरण मा म सदा हुनेछु
 
हे कृष्ण की किरण ! यो तम नाशिदेऊ
हे प्रेम की हिरण ! छम्छम नाचिदेऊ
यो चित्त योगमय होस् र समाधि लागोस्
होस् रास या प्रणय होस् भव-व्याधि भागोस्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016