भूत बनेर लागौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नैराश्य पीडा गम का विरुद्ध
उदास यो मौसम का विरुद्ध
जुटौं न भ्राता भगिनी जुटौं न
उठौं न आजै अहिल्यै उठौं न
 
बनाउँदै शत्रु अभाव लाई
हटाउँदै पत्रु स्वभाव लाई
चरित्र को शस्त्र लिई लडौं न
पवित्र ॐ मन्त्र जपी बढौं न
 
साक्षी बनाईकन सूर्य - चन्द्र
पृथ्वी बनौं अब्बल बाह्र - पन्ध्र
काटौं खुराफात र जातपात
च्यातौं न सिस्नो अनि झारपात
 
प्रतप्त होस् रक्त खरो इमान
सशक्त होस् चित्त र स्वाभिमान
बढौं न भ्राता भगिनी बढौं न
चट्टान गाह्रो छ मिली चढौं न
 
केही यहाँ गर्नु त पर्छ पर्छ
आभा प्रभा छर्नु त पर्छ पर्छ
उद्धार का खातिर स्वर्ग बाट
भागीरथी झार्नु त पर्छ पर्छ
 
अरू कसैको मुख ताक्नु छैन
चढेर कैल्यै पनि थाक्नु छैन
जागौं न हो ! होश गरेर जागौं
विकास मा भूत बनेर लागौं

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016