मरु होस् परिवेश , फुलूँ म फलूँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

मरु होस् परिवेश , फुलूँ म फलूँ
रचना दिन , इन्धन झैँ म जलूँ
 
भुमरी प्रलयङ्कर मच्चिरहोस्
रजनी बिच , दीपक झैँ म बलूँ
 
खर - वज्र खसोस् , बिजुली शिर मा
पहरा सरि , निश्चल हूँ नढलूँ
 
सुख ले धन ले जति तानिरहून्
ध्रुव झैँ दृढ़ हूँ , नगलूँ नटलूँ
 
हिउँ झैँ नजमोस् , अब जीवन यो
जल - निर्झर झैँ , म बगूँ म चलूँ
 
ऋण तिर्नुछ , कर्म र धर्म गरी
प्रिय - कर्म गरूँ , नठगूँ नछलूँ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016