मेरा दमित कविता
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

छाती को तह भित्र - भित्र कविता , छन् गाडिएका कति
खन्ती बन्छु स्वयं निकाल्छु कविता , छन् छाडिएका जति
केही राष्ट्रिय भाव का दिल छुने , छन् काव्य मेरा त्यहाँ
केही प्रेम - पराग तप्प चुहुने , छन् काव्य मेरा त्यहाँ
 
केही छन् कविता त्यहाँ चहकिला , तर्बार का धार झैँ
केही धीर गभीर छन् गहकिला , नौला - नशादार झैँ
कोदालो म लिँदैछु शब्द - पद को , खन्दैछु रातोदिन
यो दु:शासन हल्लियोस् र बिउँझोस् , खोज्दैछु सातो लिन
 
केही काव्य - कला त्यहाँ दमित छन् , मुर्दा जगाईदिने
केही छन् रचना विषाक्त युग को , मूर्च्छा भगाईदिने
उक्काईकन आलु झैँ तरुल झैँ , जम्मा गरेको छु म
यो मेरो मुख - पुस्तिका र यसको , भित्ता भरेको छु म
 
ऊर्जाशील युवा निमित्त कविता , छन् ओजिला धारिला
सच्चा पाठक का निमित्त कविता,छन् साङ्ग्रिला पारिला
चोखा बालक निम्ति बाल - कविता , छन् फूल झैँ कोमल
बूढा निम्ति पवित्र भक्ति - कविता , छन् मूल झैँ निर्मल
 
यो छाती नबनोस् मरुस्थल कतै , उद्यान होस् काव्य को
हाँसून् काव्य कला प्रसून ; तिनमा होस् खोज सम्भाव्य को
ठोसून् पाठक ले म भित्र दिल को निभ्दो अगुल्ठो सधैं
खारून् दोष कमी कलङ्क ; म बनूँ बल्दो अगुल्ठो सधैं

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016