यदि
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

गर्ने हो यदि शत्रु मा जय भने , सप्राण होऊ तिमी
बन्ने हो यदि त्यो हिमालय भने , चट्टान होऊ तिमी
उड्दो जीवन पात हैन यसको , आफ्नै महान् अर्थ छ
सानो स्वार्थ निमित्त साधिन गए , यो जिन्दगी व्यर्थ छ
 
बन्ने हो यदि दीप झैँ चहकिलो , अज्ञान देऊ तिमी
गर्ने हो यदि जिन्दगी सरसिलो , विज्ञान लेऊ तिमी
मूर्च्छा तोड्नु र छोड्नुपर्छ अहिल्यै,व्यक्तित्ववान् बन्न त
सेवा मा मन जोड्नुपर्छ पहिल्यै , नेतृत्ववान् बन्न त
 
फुल्ने हो यदि फूल झैँ मखमली , उद्यान होऊ तिमी
गर्ने हो यदि विश्व मा खलबली , तूफान होऊ तिमी
बास्ना छर्न निमित्त जीवन बनोस् , यै भावना भर्नु छ
आफ्नो जीवन दिव्य चन्दन बनोस् , यै साधना गर्नु छ
 
हेर्ने हो यदि ईश को विपुलता , अन्धा नहोऊ तिमी
चाख्ने हो यदि भक्ति को मधुरता , गन्दा नहोऊ तिमी
पन्छी बन्न र उड्न अक्षम नहोस् , यो चेतना को स्तर
इच्छा उत्तम होस् पवित्र मन होस् , होस् जिन्दगी निर्झर
 
जान्ने हो यदि तत्त्व यो प्रकृति को , अन्जान होऊ तिमी
चुम्ने हो यदि चन्द्रमा गगन को , उड्यान होऊ तिमी
हीरा बन्नु छ चाप - ताप सहने , बानी बनोस् यो मन
चम्केको सुन बन्न अग्नि पिउने , बानी परोस् जीवन

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016