याचना राधिका सँग
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

हे राधे ! कसरी म भव्य गरिमा , तिम्रो बताऊँ अब ?
कालातीत अवर्णनीय महिमा , तिम्रो सुनाऊँ सब ?
तिम्रो अद्भुत तत्त्व को यश महादेवादि ले गाउँछन्
तिम्रै ध्यान गरेर तल्लय बनी , सर्वस्व सिद्ध्याउँछन्
 
तिम्रो मोहक कान्तियुक्त तन मा , श्रीकृष्णजी लुब्ध छन्
तिम्रा सुन्दर शब्द कण्ठ सुर मा , श्रीकृष्णजी मुग्ध छन्
तेस्ती दिव्य अलौकिकी भगवती ! सन्ताप मेरो हर
हे राधे ! वृषभानुजे ! अब दया , यो जीव लाई गर
 
ब्रह्माण्डीय खगोल - लोक सब की , हौ स्वामिनी राधिका
तारा - सूर्य - प्रकाश - पुञ्ज सब की , हौ दामिनी राधिका
तिम्रो प्रीति निमित्त मन्दिर कहाँ , कस्तो ठड्याऊँ भन
तिम्रै हुन् हर वस्तु यो भुवन का , के पो चढाऊँ भन
 
आनन्दामृत वर्षिणी सहृदया ! राधा ! कृपा - प्लाविनी
संसारार्णव - शोषिणी अभयदा श्रीकृष्ण - आह्लादिनी
संसारी म हुँ जीव हीन विषयी आसक्ति मेरो जलोस्
चाहेको छु कृपा - कटाक्ष जननी ! सद्भक्ति तिम्रो मिलोस्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016