यो जिन्दगी केवल हार्न हैन
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

देख्दैछु यौटा कमिलो हिँडेको
ऊ जिन्दगी निम्ति लडे भिडेको
छ तौल थोरै उसको तथापि
बोक्दैछ ऊ बीस गुना छ भारी
 
ऊ बोझ बोकीकन थाल्छ बढ्न
प्रयास ले थाल्छ उँचाइ चढ्न
ऊ बीच मा पुग्दछ फेरि खस्छ
सङ्घर्ष मा कम्मर फेरि कस्छ
 
ऊ बोक्छ भारी र घिसार्न थाल्छ
लगाउँदै शक्ति लतार्न थाल्छ
लग्दा अझै मास्तिर , बोझ झर्छ
हार्दैन ऊ , जीवन - युद्ध गर्छ
 
भारी सँगै ऊ पनि खस्न पुग्छ
पुनः घुँडा या शिर धस्न पुग्छ
छोड्दैन ऊ साहस , यत्न गर्छ
त्यो बोझ बोकेर उँचाइ चढ्छ
 
म हेर्छु यो दृश्य अचम्म मानी
गम्भीर सन्देश म लिन्छु छानी
यो जिन्दगी केवल हार्न हैन
आशा त्यसै छाड्न र मार्न हैन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016