यो पनि जिन्दगी हो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

पीरै - पीर पिएर भड्किन पुगें , यो जिन्दगी मा निकै
छाती जीर्ण सिएर धड्किन पुगें , यो जिन्दगी मा निकै
चल्दोरैछ उदास सास कहिले , आशा र उत्साह को
प्यासै - प्यास लिएर तड्पिन पुगें , यो जिन्दगी मा निकै
 
गर्दा याद अतीत का कति कुरा , झन् शूल झैँ लाग्दछन्
इन्द्रेणीमय प्रीत का कति कुरा , झन् फूल झैँ लाग्दछन्
निद्रा चैन लुटी कवित्वपन को , आँधी हुरी ल्याउने
मायावी मृदु मीत का कति कुरा , झन् मूल झैँ लाग्दछन्
 
लाग्थ्यो सन्त वसन्त ले मधुरिमा , चोरेछ तिम्रो कि झैँ
लाग्थ्यो अद्भुत रूप यो प्रकृति मा , कोरेछ तिम्रो कि झैँ
सारा सुन्दर वाटिका र वन मा , तिम्रै छटा देख्दथेँ
नीलो बादल युक्त त्यो गगन मा , तिम्रै लटा देख्दथेँ
 
खोज्थें ती पद - चिह्न गाउँ घर मा , बेसी तथा लेक मा
सोध्थें भीड बजार मा शहर मा , कोप्चा - कुना भेक मा
चीसो भैकन जम्दथें म हिउँ झैँ , हेरेर बस्थें पथ
हिँड्थ्यो घायल भावना सँग सँगै , यो जिन्दगी को रथ
 
पानी हीन तलाउ या बगर को , माछो बन्यो जिन्दगी
ढोका बन्द छ खोलिंदा नखुलिने , साँचो बन्यो जिन्दगी
इच्छा मात्र पिएर यो झिलिमिली , संसार छोड्नेछु म
कुण्ठा मात्र लिएर चित्ततल मा , यो प्राण तोड्नेछु म

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016