यो ब्याह को साँझ मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए छोरी ! भय हुन्छ भित्र मन मा , टाढा हुँदैछौ तिमी
मायाँ को मह झैँ बनी हृदय मा , गाढा हुँदैछौ तिमी
हाँसो - आँशु छ साथसाथ अहिले,यो ब्याह को साँझ मा
हुन्नौ भोलि भनेर रुन्छ मुटु नै , यो आँगनी माझ मा
 
साँच्चै नै अभिभावकीय गुण ले , सम्पन्न तिम्रो छवि
झन्झन् उज्ज्वल होस् प्रकाशमय होस् , जस्तै सुनौलो रवि
तिम्रो ज्यान जहाँकहीं पनि पुगोस्, सेवा र छायाँ दिओस्
पीडा रोग र शोक भोक भय मा , मेवा र मायाँ दिओस्
 
बा आमा परिवार बन्धु - जन की , आधार बन्ने तिमी
रोगी या असहाय दीन - जन को , स्याहार गर्ने तिमी
तिम्रो नित्य अभाव खट्किरहँदा , दुख्नेभयो यो मन
आगो झैँ दिनरात चट्किरहँदा , सुक्नेभयो यो मन
 
पूजा - पाठ गरेर लच्छिन तिमी , भित्र्याउँथ्यौ कक्ष मा
सेवा दीकन बस्दथ्यौ सकल का , मस्तिष्क मा वक्ष मा
आमा झैँ सब निम्ति भोजन सधैं , तैयार गर्ने तिमी
सङ्लो स्वच्छ फराकिलो दिल गरी , झन् प्यार गर्ने तिमी
 
तिम्रा सुन्दर कार्य को चमक ले , चम्कोस् सदा त्यो घर
तिम्रो प्रेरक शक्ति ले प्रगति मा , लम्कोस् सदा त्यो घर
आफ्नो जन्म र वंश गोत्र कुल को , धान्नू वृहत् गौरव
छर्नू देश - विदेश मा भुवन मा , सत्कीर्ति को सौरभ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016