रमाइदिन्छु
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

सङ्कष्ट छाऊन् अति नै म माथि ।
तूफान आऊन् जति नै म माथि ।।
आनन्द - मस्ती म जमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।
 
अज्ञान उस्तै छ अभाव उस्तै ।
बानी छ उस्तै र स्वभाव उस्तै ।।
जाडो बढेमा म घमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।
 
नाका भयो बन्द ; म पिल्सिहाल्छु ।
देशै भयो मन्द ; म बिर्सिहाल्छु ।।
कर्तव्य - जिम्मा म थमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।
 
आँफै छु भोको म खुवाइदिन्छु ।
मैलो छु आँफै म धुवाइदिन्छु ।।
अर्को लडे हात समाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।
 
भूकम्प ले देश विनाश होओस् ।
दुखोस् सधैं शीर्ष पिनास होओस् ।।
कामै विना नाम कमाइदिन्छु ।
हाँसेर गाएर रमाइदिन्छु ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016