राधाकृष्ण को एकत्व
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

राधा कृष्णस्वरूप हुन् हृदय की , श्रीकृष्ण हुन् राधिका
राधा हुन् परतत्त्व ब्रह्मपथ की , संसार की बाधिका
हुन् राधा जगदम्बिका भगवती , आनन्द - आह्लादिका
राधा नै अणु जीव निम्ति गति हुन् , हुन् भक्ति की साधिका
 
माटा को घट - पात्र झैँ र सुन का , कैयौं अलङ्कार झैँ
धागा को पट - वस्त्र झैँ र नद को , उत्तालिंदो छाल झैँ
एकै हुन् तर देखिँदा फरक छन् , श्रीकृष्ण राधा दुवै
राधाकृष्ण जपी - जपी मुनिहरू , सन्धान गर्छन् खुबै
 
यो मेरो मत हैन , हो उपनिषद् - वेदान्त - उद्घोषण
कैयौं शास्त्र - पुराण का वचन ले , गर्छन् यही पोषण
एस्तो सत्य बुझेर नैष्ठिकहरू , बेला छँदै जाग्दछन्
राधाकृष्ण उपासना - भजन मा , तल्लीन भै लाग्दछन्
 
राधा को अनपायिनी मधुरता , श्रीकृष्ण मा व्यक्त छ
षट् ऐश्वर्य र कृष्ण को गहनता , राधा सँगै सुप्त छ
राधाकृष्ण सँगै बहन्छ गहिरो , माधुर्य - लीला - रस
गर्छन् दर्शन भक्त ले हृदय मा , श्रीकृष्ण - राधा बस
 
श्रद्धावान् हरि का उपासकहरू , गर्छन् समाराधना
निष्ठापूर्वक नित्य तन्मय भई , ती गर्दछन् साधना
राधा - माधव मा समर्पित बनी , जो बाँच्दछन् जीवन
पापी हून् खल हून् महा अधम हून् , ती मुक्त हुन्छन् जन
 
आस्था मा छ अनन्यता सघनता , ती भक्त बन्छन् महान्
सेवा मा छ सधन्यता विनयता , ती भक्त बन्छन् महान्
कामी काम - पिपासु का मलहरू , नास्ने यही भक्ति हो
लोभी द्रव्य - पिशाच का छलहरू , मास्ने यही भक्ति हो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016