राष्ट्रभक्त सेना लाई सम्बोध
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए सेना ! अब जागिदे मुलुक को , काया हिया मा भए
रक्षा मा अब लागिदे स्वजन को , मायाँ हिया मा भए
आगो हर्हर दन्किए पछि कुवा , खन्ने कुरा व्यर्थ हो
सीमातीत खती भए पछि `लड्यौं´, भन्ने कुरा व्यर्थ हो
 
टुक्र्याईकन देश छाड्दछु भनी , लाग्दैछ सी.के. यहाँ
माटो को प्रभुता अखण्ड गुरुता , ताक्दैछ सी. के. यहाँ
खुल्लेआम दिँदैछ हाँक उसले , बोल्दैन सत्ता किन ?
उल्टै बेच्दछ अस्मिता ; डलर को मार्दैछ भत्ता किन ?
 
आफ्नो भेद दिने विभीषण हुँदा , लङ्का जल्यो हैन र ?
वैरी को हित निम्ति साधन हुँदा , आगो बल्यो हैन र ?
सत्ता आज विदेश को शरण मा , जानी नजानी गयो
यौटै भाइ परत्र को बनिदिँदा , लङ्का खरानी भयो
 
कोही देश निमित्त बोल्दछ भने , आत्तिन्छ सत्ता किन ?
कोही उच्च विचार खोल्दछ भने , तात्तिन्छ सत्ता किन ?
माटो को विपरीत कार्य गरिँदा , हेरेर मौनी बनी
भ्रष्टाचार गरी मदान्धक बनी , मात्तिन्छ सत्ता किन ?
 
सत्ता को गति छैन हेर ! अरुको , गोटी बनेको छ ऊ
आफ्नो क्यै पहिचान छैन अरुको , धोती बनेको छ ऊ
जुत्ता मल्छ विदेश को र तलुवा चाटेर ऊ डुल्दछ
टुक्का युक्त उखान मिश्रित गफै छाँटेर ऊ भुल्दछ
 
पृथ्वी को इतिहास मेट्छ उसले , भुल्दैछ ऊ एकता
कोही बढ्दछ सत्य को सडक मा , भन्दैछ ऊ ए कता ?
माटो मा गृहयुद्ध ल्याउँछ कि झैँ , लाग्दैछ ए जाग है
ए सेना ! अब स्वाभिमान हित मा , बाघै बनी लाग है

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016