सेना लाई आह्वान
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए देश का वीर जवान सेना !
फुकी जलाओ मुटु को अगेना
जम्दो भए रक्त तताइहाल
को हौ तिमी आज बताइहाल
 
कहाँ कहाँ छन् धमिरा ल खोज
ती मास्न का लागि कहीँ नसोध
हौ देश का भक्त भने ल जाग
शल्यक्रिया गर्न खुलेर लाग
 
को सर्प हुन् दूध पिएर डस्ने ?
को बिच्छु हुन् ती विषदन्त धस्ने ?
पत्तो लगाओ अब हे सिपाही !
तिमी हुनै पर्दछ अग्निवाही
 
छन् देश मा घातक रक्तपायी
जो गर्दछन् यो मुलुकै तबाही
ती सामु एक्कासि गएर भेट
भिडन्त मा पार निशान मेट
 
कृतघ्नता को जसमा छ रक्त
जो शत्रु कै हो चरणानुरक्त
त्यो सामु मा मृत्यु बनेर उत्र
होऊ तिमी उत्तम भूमि - पुत्र
 
यो देश को अर्बुद - कुष्ठ चिर्न
यक्ष्मा - दमा को उपचार गर्न
सेना ! तिमी सक्षम बन्नु पर्छ
जो दुष्ट - घाती छ निफन्नु पर्छ
 
मधेस टुक्र्याउन देश बाट
अङ्गै उछिट्याउन देश बाट
संलग्न जो छन् चिन ए सिपाही !
पार्लान् तिनैले पछि त्राहि त्राहि

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016