हाँसे हँसाए र रमे रमाए
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

पग्लन्छ पाषाण महत् अनन्त
फर्कन्छ तत्काल शरद् - वसन्त
हाँसे हँसाए र रमे रमाए
कालो - निलो बादल हुन्छ अन्त १
 
वैरी बनेका दिल मिल्न पुग्छन्
बेली - चमेली पनि फुल्न पुग्छन्
हाँसे हँसाए र रमे रमाए
ढिक्का अहम् का पनि घुल्न पुग्छन् २
 
उत्साह को दीपक बल्न जान्छ
आलस्य को पत्थर गल्न जान्छ
हाँसे हँसाए र रमे रमाए
नैराश्य को पत्कर जल्न जान्छ ३
 
सुध्रिन्छ पुर्जामय अङ्ग - अङ्ग
चम्किन्छ ऊर्जामय सप्त - रङ्ग
हाँसे हँसाए र रमे रमाए
पीडा - व्यथा - रोदन हुन्छ भङ्ग ४
 
सत्सिर्जना सुन्दर साँच्न पुग्छ
व्यक्तित्व झन् अब्बल बाँच्न पुग्छ
हाँसे हँसाए र रमे रमाए
सम्पूर्ण यो जीवन नाच्न पुग्छ ५

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016