हे कलम हो !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

लाभा कत्ति बगाउँदैन कवि को , त्यो लेखनी ले किन ?
आगो कत्ति जगाउँदैन दिल को , त्यो लेखनी ले किन ?
आग्नेयास्त्र समान हुन्छ कवि को , त्यो लेखनी को बल
भन्थे ; त्यो बल आज के हुन गयो ? के ले भयो दुर्बल ?
 
जेजे काम हुँदैछ यो मुलुक मा , ए देश का रक्त हो !
घाती काम हुँदैछ जाग न सबै , ए देश का भक्त हो !
तिम्रा ती अगुवाहरू नकचरा , नाङ्गा भई फुस्किए
पैसा ले किनिने नपुंसकहरू , बाङ्गा भई निस्किए
 
छाडी प्रेम अलाप्न हे कलम हो ! आँधी चलाओ छिटो
नेपाली बलबाहु का नयन मा , भूकम्प ल्याओ छिटो
घाती शासक का कठोर मुटु मा , ढ्याङ्ग्रो ठटाईकन
तीखो व्यङ्ग्य कसी सुधार अथवा , डाँडा कटाओ छिटो
 
बिर्स्यौ दर्द अतीत का सघन ती ? बारूद - विस्फोट ती ?
बिर्स्यौ ताण्डव नृत्य का ज्वलन ती ? सिन्दूर का चोट ती ?
त्यो बीभत्स कथा भयावह व्यथा ? जो बल्झिएको थियो ?
बिर्स्यौ त्यो सहयोग ए नकचरा , जल्ले दिएको थियो ?
 
बढ्दैछन् अझ ती पिरामिडहरू , यो देश मा भोक का
चढ्दैछन् अझ माथि बादलहरू , सङ्कष्ट का शोक का
तिम्रो नाक कहाँ छ खोज्नुछ यहाँ , कालो टिको लाउन
दाम्लो खोज्नुछ बाँध्न या विटप मा , बाँधेर झुण्ड्याउन
 
खोला अस्ति तर्यौ समस्त जनता , लौरो बनाईकन
आँटी माथि चढ्यौ निरीह जनता , लिस्नो बनाईकन
बेच्यौ उज्ज्वल अस्मिता मुलुक को , ए धर्मछाडाहरू !
बिर्स्यौ आज हरेक गाउँ घर का , ती रिक्त भाँडाहरू ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016