हे नवयुवा ! आमा सुरक्षा गर
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

केही रावण छन् र कंस पनि छन् , यो ठाउँ मा हेर त !
केही दानव - दैत्य - वंश पनि छन् , यो ठाउँ मा हेर त !
नारी को छ सतीत्व आज लुटिंदो , जल्दैछ तिम्रो घर
आऊ कृष्ण बनेर हे नवयुवा ! आमा सुरक्षा गर
 
सीता झैँ अबलाहरू हरण मा , पर्छन् तिमी हेर त !
नेपाली महिलाहरू मरण मा , पर्छन् तिमी हेर त !
आमा बेचिदिने दलाल कति छन् , छन् दुष्ट सौदागर
आऊ कृष्ण बनेर हे नवयुवा ! आमा सुरक्षा गर
 
गौरी छन् कति हीन - दीन गरिंदै , माटो - हवा बीच मा
पाञ्चाली कति वस्त्र - हीन गरिंदै , छन् ती सभा बीच मा
छन् दु:शासन बाट पीडित यहाँ , धर्ती तथा अम्बर
आऊ कृष्ण बनेर हे नवयुवा ! आमा सुरक्षा गर
 
भीष्म - द्रोण वरिष्ठ विज्ञ जनता , छन् आज मौनव्रती
ज्ञानी झन् असहाय छन् विदुर झैँ , छन् मौन सत्यव्रती
पापात्मा धृतराष्ट्र का नियत मा , ध्वाँसो खरानी छर
आऊ कृष्ण बनेर हे नवयुवा ! आमा सुरक्षा गर
 
डोको झैँ चुहिंदो छ उच्च तह को , त्यो अर्थ - मन्त्रालय
फर्सी झैँ कुहिंदो छ यो मुलुक को , सत्ता र यन्त्रालय
तातो आँशु पिएर आज जननी , रुन्छिन् यहाँ धर्धर
आऊ कृष्ण बनेर हे नवयुवा ! आमा सुरक्षा गर

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016