हे प्रभु ! यो सिर्जन मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

हे प्रभु ! यो सिर्जन मा
फुल्न गएको छु म त
सुन्दर यो झिल्मिल मा
भुल्न गएको छु म त
 
व्याकुल छन् नेत्र दुवै
दर्शन पाऊँ न भनी
आकुल छन् इन्द्रिय यी
अर्पित होऊँ न भनी
 
मोहित बन्दैछ मन
नन्दन - उद्यान तिर
दोलित बन्दैछ तन
दौलत को ध्यान तिर
 
भोग उही स्वाद उही
तैपनि छोडिन्न किन ?
हो,विष को पात्र उही
तैपनि फोडिन्न किन ?
 
जीवन मा ज्ञान नयाँ
आइदिएनन् नि ममा
भक्ति र वैराग्य घना
छाइदिएनन् नि ममा
 
खस्न पुगें यो भव को
सागर मा लौन प्रभो
फँस्न पुगें दल्दल मा
तार न है लौन प्रभो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016