हेर्नू सब ए सँगी हो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

किलो बनी केवल गड्नु छैन
पिलो बनी दुख्नु र सड्नु छैन
नदी हुँदै सिन्धु म चुम्छु चुम्छु
स्वदेश को उज्ज्वल इन्दु हुन्छु
 
हिजो थिएँ पत्थर मर्महीन
थिएँ म ज्यूँदो तर कर्महीन
छु आज जाग्दै अनि फुल्न लाग्दै
म साधना ले दिनरात पाक्दै
 
चिरेर हेर्नू छ म भित्र माटो
स्वदेश को मात्र छ भव्य पाटो
त्यहाँ छ नेपाल थला परेको
विकास को चन्द्रकला झरेको
 
म आज साथी सँग छाडिंदै छु
रमाइलो देखि म टाढिँदै छु
म सिर्जना बीच रमाउँदो छु
अनन्त मस्ती म जमाउँदो छु
 
म छत्र - छायामय शक्ति होऊँ
दया र मायामय व्यक्ति होऊँ
म लोभ मा फँस्दिनँ रत्ति रत्ति
कुकर्म मा खस्दिनँ कत्ति कत्ति
 
म गर्छु यात्रा अविराम हेर
म भर्छु आगो दिल भित्र धेर
सच्याउँदै जान्छु म जिन्दगी यो
बसेर हेर्नू सब ए सँगी हो !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016