होली - पञ्चक
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

आयो आयो , रङ्गिलो चाड होली
खेलौँ होली , फागु को रङ्ग घोली
 
आओ साथी , टोल आफ्ना जगाई
सेता कुर्था , पाइजामा लगाई
मैयाँ आओ , है लगाएर चोली
खेलौँ होली , फागु को रङ्ग घोली
 
यो छाती का , रीस या राग फालौं
काला मैला , भाव सारा निकालौँ
गाऔँ मीठो , गीत - सङ्गीत बोली
खेलौँ होली , फागु को रङ्ग घोली
 
जल्दा बल्दा , जून तारा बनेर
यो माटो का , हौँ सहारा भनेर
नाचौँ गाऔँ , लौ मिलाएर लोली
खेलौँ होली , फागु को रङ्ग घोली
 
पुर्खा को यो , सभ्यता हो टिकाऔं
होली खेल्ने , शिल्प शैली सिकाऔं
पुस्ता हाम्रो , दक्ष बन्ने छ भोलि
खेलौँ होली , फागु को रङ्ग घोली
 
साथी - सङ्गी , रङ्ग - रोली लगाऔं
छाती जोडी , भाइचारा जगाऔं
साना ठूला , झन् बनाएर टोली
खेलौँ होली , फागु को रङ्ग घोली
 
आयो आयो , रङ्गिलो चाड होली
खेलौँ होली , फागु को रङ्ग घोली

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016